Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको निर्णय – गण्डकी सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने


    शुक्रबार, चैत्र १० २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट निस्किने निर्णय गरेको छ ।

    आज शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जालीले बताए ।

    नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् ।

    पर्यटनमन्त्री जुग्जालीका अनुसार सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको छ ।

     

    मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् । माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार