Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झापामा गोली चल्दा इन्स्पेक्टरसहित तीन जना घाइते


    बुधबार, भाद्र १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । झापामा गोली चल्दा इन्स्पेक्टरसहित तीन जना घाइते भएका छन्। कत्लामारीमा गोरु काट्नेलाई नियन्त्रणमा लिएर बिर्तामोड ल्याउँदै गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा गाेली चलेकाे हाे ।

    झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् । सशस्त्रको गोली लागेर एकजना घाइते भएका छन् । गोरु काट्ने दुई जनालाई प्रहरीले पक्रेर ईलाका प्रहरी कार्यालय बिर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमकारीले सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका छन् ।

    झापा गाउँपालिका–३ कामाटोलीमा सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता तथा डीआईजी राजु अर्यालले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार