Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकृतको बिदाइ


    शुक्रबार, चैत्र १० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहसँगै अन्य ९ जना उच्च प्रहरी अधिकृत भोलि शनिबारबाट अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई आज प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । मध्यान्ह ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ ।

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको ब्याचका ९ जना अवकाश हुँदैछन् । ३० वर्षे सेवा अवधिका कारण आईजी सिंहसँगै ९ प्रहरी अधिकृत अनिवार्य अवकशमा जाने भएका हुन्। अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् ।

    २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि सेवा निवृत्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार