Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै


    शुक्रबार, चैत्र १० २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।

    पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु आईजीपीको दाबेदार छन्। चैत ६ मा एआईजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन्। तर, उनीहरूमध्ये मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।

    वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार