Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ


    बुधबार, भाद्र १० २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनीहरूलाइ पक्राउ गरेकाे हाे।

    पक्राउ पर्नेमा आफुलाई प्रभावशाली व्यक्तिको भन्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर-९ घर भई हाल धापासी बस्ने ध्रुव थापा, सुर्खेत विरेन्द्रनगर -९ कै २४ बर्षीय सन्ध्या थापा र जिल्ला सुनसरी धरान-३ का ४६ बर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

    उनीहरूले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई एक्काईस लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार