काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ । तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन । केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण गरेको चौपायाको मासु खान पाइन्छ । पछिल्लो समय मासु पसल अनुगमनमा महानगरले अलि चासो दिन थालेको छ ।
‘हाम्रो चाहना महानगरबासीलाई स्वस्थ मासु खुवाउने हो, कसरी खुवाउने भन्ने विषयमा बल्ल अनुगमन गर्न थालेका छौं’ –कामपा कृषि तथा पशुपक्षी विभागका निर्देशक बलराम त्रिपाठीले भन्नुभयो । ‘महानगरसँग पशु चिकित्सक छन्, उहाँहरूबाटै मासु निरीक्षण जारी राखेका छौं’ –उहाँको भनाइ छ । पशु चिकित्सकद्वय डा। अवधेश झा र डा। पूजा खनालले मासु पसलको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
तर, कामपाले अनुगमन गरेको जनाए पनि खासै उपलब्धि देखिँदैन । करिब ४० लाख जनसंख्या बसोबास गर्ने कामपाभित्र त्यहाँका बासिन्दालाई मासु खुवाउन कस्तो चौपाया वध गरिन्छ भन्ने विषयमा कामपा स्वयं अनविज्ञ छ । ‘बल्ल पसल अनुगमन शुरू गर्न थालेका छांै, वधशाला र चौपाया वध गर्ने स्थानको खासै अनुगमन भएको छैन’ –निर्देशक त्रिपाठीले भन्नुभयो । केही महिनापछि परिणाम आउने गरी काम हुने उहाँले दाबी गर्नुभयो ।
कामपाको अनुगमन टोलीले खाद्यान्न र मासुको एकैसाथ अनुगमन गर्ने गरेको छ । निर्देशक त्रिपाठीले भन्नुभयो– ‘मासु निरीक्षक, भेटेनरी र एक जना प्रशासनको विज्ञ टोलीसहित अनुगमनमा खटिनेछन्, टोलीले परिणाम निकाल्ने गरी काम गरिरहेको छ ।’ सरकारले मासु ऐन जारी गरेको २०५५ सालमा हो । कामपाले ऐनलाई आधार मानेर बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०७७ जारी गरी अनुगमन गरेको छ ।
चालू आर्थिक वर्षको बजेटमा कामपाले राजधानीका पशु वधस्थललाई व्यवस्थित गर्न ५० लाख रुपियाँ बजेट छुट्टयाएको छ । तर, त्यसलाई कसरी वितरण गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल हुन सकेको छैन । कामपाले उक्त रकम वितरण गर्ने मापदण्ड तयार गरिरहेको दाबी गरेको छ ।
हाल राजधानीका करिब ३ हजारको संख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको संख्यामा सानाठूला पशु वधस्थल छन् । राँगाका लागि २ सय ५० जति वधस्थल छन् । राजधानीको पशु ओसारपसारको अवस्था निकै दयनीय छ । पशु ओसारपसार गर्दा २० फिटको ट्रकमा २४ देखि २६ वटा चौपाया खाँदेर ल्याउने गरेको छ । १२ देखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend