काठमाडौं । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन। उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो।
जथाभाबी मर्मत गर्दा यसको मौलिकता गुम्ने खतरा बढ्दै गएको छ। चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माणसँगै प्रयोगविहीन बनेर जीर्ण अवस्थामा पुगेको मानव निर्मित सुरुङमार्गको मर्मत थालिए पनि ऐतिहासिक सम्पदाको मौलिकता गुम्न नदिन र मौलिकताको संरक्षणमा न प्रदेश सरकारको न त पुरातत्व विभागको ध्यान पुग्न सकेको छ।
एक सय वर्ष नाघेका सार्वजनिक पूर्वाधार ऐतिहासिक सम्पदामा गणना हुने र पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र मौलिकता नबिग्रने गरी मर्मतसम्भार वा जीर्णोद्धार गर्नुपर्ने प्रावधान छ। बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले सम्पदाको जीर्णोद्धारका क्रममा पालना गर्नुपर्ने मापदण्डविपरीत मर्मत गरिरहेको पाइएको छ।
यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र सुरुङमार्ग मर्मतको काम सुरु गरेको बताउँदै भने, “पहिलेकै प्रविधिअनुसार मर्मतको काम सम्भव छैन। अहिले सिमेन्ट र छडको प्रयोग भएको छ।”
ओझाको यस्तो भनाइ रहेको भए पनि पुरातìव विभागका प्रवक्ता रामबहादुर कुँवरले भने स्वीकृति लिइएकोमा शङ्का गर्नुभयो। एक सय वर्ष नाघेका सार्वजनिक पूर्वाधार ऐतिहासिक सम्पदामा गणना हुने उल्लेख गर्दै उनले भने, “त्यस्ता सम्पदाको मर्मत गर्न विभागसँग पूर्वस्वीकृति लिनुपर्छ। हामीसँग यस्तो स्वीकृति लिए–नलिएका बारेमा जानकारी भएन।”
पटक–पटकको भूकम्प र मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको चुरियामाई सुरुङमार्ग १९७४ सालमा निर्माण भएको थियो। नेपालको पहिलो सुरुङमार्गका परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो।
रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेलमा आउने र अमलेखगञ्जबाट मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसम्म सडकमार्गलाई जोड्न हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरे पर्वत छिचोल्ने गरी माटो, इँटा, चुना र सुर्कीको प्रयोग गरी परम्परागत प्रविधिबाट सुरुङमार्ग निर्माण गरिएको थियो। अहिले मौलिकतालाई बेवास्ता गर्दै सिमेन्ट, छडलगायतका आधुनिक निर्माण सामग्रीको प्रयोग भइरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend