Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोइरालाकाे नाममा विवाद भएपछि वाणिज्य बैंककाे बैठक स्थगित


    बुधबार, भाद्र १० २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाकाे नाममा विवादमा आएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । कोइरालालाई अध्यक्ष पदमा नियुक्ति दिने विषयको चौतर्फी विरोध भएपछि बैठक स्थगित भएको वाणिज्य बैंक एक अधिकारीले बताए।

    ती अधिकारीका अनुसार आजको बैठकको एजेण्डा नै कोइरालालाई अध्यक्ष बनाउने थियो । तर उनको नियुक्तिका बारेमा भैरहेको विरोधकाबीच अहिले यो विषयलाई अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गरिएको ती अधिकारीले बताए।

    कोइराला यसअघि मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति थिए । कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

    अहिले पनि कोइराला पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको खबर बाहिरिएसँगै चर्को विरोध भएको हो । कोइरालालाई सञ्चालयक समितिको अध्यक्ष बनाउन सरकारले यसअघिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार