काठमाडौं । नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएका छन्। स्थानीय तहले फर्काएका उपसचिवहरूलाई संघीय मामिला मन्त्रालयले समेत हाजिरी गराएको छैन, जसबाट एक महिनादेखि उनीहरू घर न घाटका भएका छन्।
शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ र फागुन १६ गते विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ ग¥यो।
लामो समयदेखि विभिन्न स्थानीय तहमा कार्यरत निमित्त कर्मचारी झिक्न मन्त्रालयले एकैपटक ठुलो संख्यामा विभिन्न उपसचिवलाई स्थानीय तहमा खटाएको थियो। एकैपटक ५० जना उपसचिवलाई स्थानीय तहमा खटाएको विषयलाई मन्त्रालयले ठुलो उपलब्धिका रूपमा प्रचार गरेको थियो।
तर ५० मध्ये आधाभन्दा धेरै ठाउँमा स्थानीय तहले केन्द्रले पठाएका कर्मचारी फर्काएका छन्। ‘संघीय सरकारले मलाई मोरङको रतुवामाई नगरपालिकामा सरुवा ग¥यो। सरुवा गरेको ठाउँमा म गए तर त्यहाँको मेयर नागेश्वरप्रसाद सिंह गन्जाईले हाजिरी गराउन मानेनन्। ‘तपाईँ काठमाडौँमै फर्कनुहोस् भने,’ फागुन ३ को लटमा सरुवा भएका नारायण न्यौपानले भने, ‘त्यसपछि म काठमाडौँ आएँ। संघीय मामिला मन्त्रालयसँग सम्पर्क गरे। तर मलाई संघीयले पनि हाजिरी गराएको छैन। अहिले म यता न उताको भएको छु।’
यस्तो बिचल्लीमा न्यौपाने मात्र परेका छैनन्, ३० उपसचिव यस्तै सकसमा छन्। मन्त्रालयले समेत हाजिरी नगराएका उपसचिवहरूको दैनिकी भनेको अहिले सिंहदरबार आउने, मन्त्रालय अगाडि जम्मा हुने र साँझ घर फर्कने मात्र भइरहेको छ। स्थानीय तहले फर्काएका उपसचिवहरू अहिले ठुलो संख्यामा मन्त्रालय वरिपरि भेटिन्छन्।
उनीहरूको काम भनेको मन्त्रालयका सचिव, सहसचिव तथा मन्त्रीसँग भेट्न खोज्ने र भेटेपछि गुनासो पोख्ने मात्रै रहेको छ। यस विषयमा मन्त्री तथा सचिवले चासो नदेखाएको उनीहरूको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend