Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाडाैंमा भन्सार छली ल्याएकाे ११२ वटा मोबाइलसहित २ जना पक्राउ


    बुधबार, भाद्र १० २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडाैंमा भन्सार छली ल्याएकाे ११२ वटा मोबाइलसहित २ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडबाट प्रहरीले उक्त मोवाइलसहित २ जना भारतीय पक्राउ परेका हुन्।पक्राउ पर्नेमा भारत राजस्थान घर भई काठमाडौं बस्ने ३६ वर्षीय राकेशकुमार र ५२ वर्षीय वनवारी चौधरी छन् ।

    उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले भन्सार छलिका १ सय १२ थान मोवाईल सेट, ३ सय २० थान मोवाईलको डिस्प्ले, ५ सय ९३ थान मोवाईल ब्याट्री र ६ हजार थान क्यालकुलेटर बरामद गरेको छ ।

    राकेश र वनवारी केही समयदेखि मोवाइल तस्करीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार