Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अब निजी मेडिकल कलेजले पनि प्रयोगशाला सञ्चालन गर्न सक्ने


    बुधबार, भाद्र १० २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अब निजी मेडिकल कलेजहरूले पनि पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएसँगै निजी मेडिकल कलेजहरूले पनि प्रयाेगशाला सञ्चालन गर्न पाउने भएका हुन ।

    कोभिड (१९) का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

    पीसीआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड (१९) का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माले बताए । पीसीआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार