Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकारमा भागबण्डा मिलाउन फेरि मन्त्रालयहरु फुटाउने तयारी


    बुधबार, भाद्र १० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नेताहरूकाे भागबण्डा मिलाउन फेरि मन्त्रालयहरु फुटाउने तयारी भइरहेकाे छ।

    प्रशासकहरुको प्रयासलाई केही माननीयहरुले पनि साथ दिइरहेका छन् । संघमा मन्त्रालय थपिएमा संघकै सचिव भएर रहन पाउने र मन्त्रालय थपिँदा मन्त्री बनेर झण्डा हल्लाइहाल्न पाइन्छ कि भन्ने आशले पहिला जोडेर एक बनाइएका मन्त्रालयलाई फेरि फोड्ने तयारी चल्दैछ ।

    यो अभियानमा नेकपाका केही सांसदहरु कम्मर कस्सेर लागेका छन् । विगतमा कृषि र पशुपक्षी,उद्योग र वाणिज्य,उर्जा र जलश्रोत तथा सिंचाई,शिक्षा र विज्ञान तथा प्रविधि,भूमि व्यवस्था र सहकारी लगायतका मन्त्रालयहरु छुट्टा छुट्टै अस्तित्वमा थिए । पछि यी मन्त्रालयहरु जोडिएर एकै बन्न पुगेकामा फेरि तिनै मन्त्रालयहरु फोड्ने खेल शुरु भइकेको छ । भागबण्डा मिलाउनकै लागि हाल लेखराज भट्टले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अहिले वर्षमान पुन (अनन्त)ले सम्हाल्दै आएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय टुक्राउन लागेको हो ।

    मन्त्रालय टुक्राएर उनले उद्योग वाणिज्य एउटा र अर्काे आपूर्ति मन्त्रालय बनाउने गरी फेरि सिंहदरबारमा छलफल चलेको छ । त्यस्तै उर्जालाई टुक्राएर उर्जा मन्त्रालय एउटा र जलस्रोत तथा सिंचाई मन्त्रालय अर्काे बनाउने तयारी चल्दैछ । अझ आवश्यक पर्यो भने भूमि ब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय पनि प्रधानमन्त्रीले टुक्रयाउने तयारी चल्दैछ । नेताहरुको ब्यवस्थापनमा कठिन अवस्था आए त्यसलाई पनि भूमि ब्यवस्था एउटा र अर्काे सहकारी तथा गरिबि निवारण गरेर दुइ वटा मन्त्रालय बनाएर फेरि २५ ओटै मन्त्रालयमा बनाउने तयारी छ । 

    विज्ञहरुले प्रशासनिक खर्च कटौती गर्नका लागि संघमा मन्त्रालयको संज्ञा १६ मा झार्न सुझाव दिएका थिए । तर अहिले तिनै विज्ञहरुको सुझाव विपरित मन्त्रालयको संख्या बढाएर २५ वटा सम्म पुर्याउने चलखेलमा केही प्रशासकहरु लागेका छन् ।

    लामो समयदेखि अल्झिएको नेकपाभित्रको गाँठो फुकेको छ । सँगै अब सरकारमा भएकाहरु नै परिवर्तन गर्ने तयारी चल्दैछ । अब हुने मन्त्रीमण्डलमा तीन वटा खेमा ओली,प्रचण्ड र माधव नेपालको समूहबाट भागबण्डा मिलाउनु पर्ने भएको हुँदा अहिले एक भएका मन्त्रालयहरुलाई फोडेर अलग अलग बनाउने तयारी चल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार