काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ सय १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
बुधबार काठमाडौंका २ सय ३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। देशभर भने पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
काठमाडौैं उपत्यकामा सोमबार २ सय २४ जना र मंगलबार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।