काठमाडौं । सत्तारुढ नेकपाभित्र मन्त्रिमण्डल हेरफेरकाे तयारी हुनासाथ नयाँ मन्त्री चयनको दौडधुप सुरु भएको छ । स्राेतका अनुसार आगामी शनिबार बस्न लागेको सचिवालय बैठकमा मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेकाे छ।
गृहमन्त्री रामबहादुर थापा समेत रेडजोनमा रहेको स्रोत बताउँछ । पछिल्लो समय उनी विवादमा पर्दै आएका छन् भने साथै प्रचण्डसँग पनि उनको दुरी बढेको छ । त्यस्तै भूमिसुधार मन्त्री पद्मा अर्याल पनि हेरफेर हुने सूचिमा पर्ने जोखिम छ । कामको हिसाबले खानेपानी मन्त्री बिना मगर पहिले नै हट्नुपर्ने भएपनि प्रचण्डकै बुहारी भएकाले उनलाई हटाइएन ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रै काम गरेको भएपनि भाग पु¥याउन उनलाई पनि हटाउने सम्भावना रहेको स्रोतकाे भनाइ छ। नेकपाबाट सुरेन्द्र पाण्डे मन्त्री बन्ने पक्का छ ।
त्यस्तै सांसद अपहरणकाण्डमा जोडिएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ समेत लबिङमा लागेका छन् ।
त्यस्तै भिम रावलको समेत नाम मन्त्रीमा चर्चा भएपनि उनले आफु सरकारमा जान लालायित नभएको प्रतिक्रिया दिएका छन् । तत्कालिन माओवादीबाट जनार्दन शर्मा पहिलेदेखि नै खुट्टा उचालेर बसेका छन् । बादललाई हटाएर गृहमन्त्री हुने उनको योजना छ । पम्फा भुषालको नाम पनि चर्चामा छ ।
त्यस्तै आगामी २० गतेबाट अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिदैछ । उनको राष्ट्रियसभाको कार्यकाल सकिएको र सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुनसक्ने संवैधानिक प्रावधान छ । जसअनुसार २० गते सांसद पदबाट अवकाश पाएको ६ महिना पुग्दैछ । अर्थमन्त्रीसहित अन्य मन्त्रीहरु समेत हेरफेर गर्न लागिएको छ । सञ्चार र सहरी विकास मन्त्रालय पहिलेदेखि नै रिक्त छ ।
पार्टीमा पछिल्लो पटक बढेको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले मन्त्रीपरिषद् पुनर्गठनको कुरा समेत छ । सोही अनुसार सबै पक्षका नेताहरुलाई मिलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend