Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार १३ हजार पीसीआर परीक्षण, ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, भाद्र १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कुल १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। सो परीक्षणबाट ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

    यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

    विगत २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।  त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ ।

    देशभरका संस्थागत आइसोलेसन ८ हजार ७११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    बागमती प्रदेशमा १३ जना र प्रदेश १ मा एकजना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन् । 

    पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार