Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रमुख प्रशासकीय अधिकृत र सवइन्जिनियरविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा


    बुधबार, भाद्र १० २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

    निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु  जैसी र मोक्तानलाई पक्राउ गरेकाे थियाे।

    जैसी र मोक्तानलाई डेढ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार मुद्दा चलाइएको उनले बताए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार