Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विराटनगर उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि


    बुधबार, भाद्र १० २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । उच्च अदालत विराटनगरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । ती न्यायाधीशका सवारी चालक समेत संक्रमित रहेको बताइएको छ । 

    मंगलबार साँझ ती दुईको पीसीआर रिपोर्ट आएपछि दुबैजनामा कोरोना पुष्टि भएको हो । न्यायाधीशका सवारीचालक केही समयदेखि अस्वस्थ थिए । ज्वरो लगायतका समस्या आएपछि ती सवारी चालकका साथै न्यायाधीश र अन्य सुरक्षाकर्मीको समेत स्वाब परीक्षण गरिएको थियो । 

    सोही परीक्षणको रिपोर्ट अनुसार दुई जनामा संक्रमण देखिएको थियो । सुरक्षाकर्मीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    ती न्यायाधीशमा संक्रमणको लक्षण नदेखिएकाले होम आइसाेलशनमै बसेको र सवारी चालकलाई भने कोभिड अस्पताल भर्ना गरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार