काठमाडौं । वैदेशिक शिक्षाका लागि आवश्यक ‘नो अब्जेक्शन लेटर’ विद्यार्थीले पाउने भएका छन् । गत चैतदेखि यस्तो अनुमति दिन बन्द गरिएको थियो ।
सरकारले वैदेशिक शिक्षामा जान चाहनेका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्शन लेटर) दिने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्शन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय उडान पनि खुलाउने निर्णय गरेको छ । यस्तोमा उच्च शिक्षाका लागि विदेशमा जानेको लागि यस्तो निर्णय गरिएको बुझिएको छ ।