Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइसोलेशनबाट भागेका कोरोना संक्रमित कोल्फु्टारबाट पक्राउ


    बुधबार, भाद्र १० २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर अस्पतालको आइसोलेशनबाट भागेका कोरोना संक्रमित पक्राउ परेका छन्। १९ वर्षीय ती संक्रमितलाई प्रहरीले कोल्फुटारबाट पक्राउ गरेको हो।

    भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान ५ बजे भागेका थिए।.

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेशनमा ल्याएर उपचार गराइएको थियो।

    केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनी त्यहीबाट भागेका थिए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार