Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निषेधाज्ञा एक साता लम्बियो, अझै कडा हुने (सूचनासहित)


    बुधबार, भाद्र १० २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भदौ ३ गते काठमाडौं‌ उपत्यकामा एक साताका लागि गरिएको निषेधाज्ञा लम्बिएको छ । भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको हो । 

    बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो। 

    यस्तै निषेधाज्ञालाई थप कडा बनाउने निर्णय समेत भएको छ । अत्यावश्यक सेवा तथा वस्तुमाबाहेक अन्यमा थप कडाई गरिने निर्णय भएको छ।

    मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।

    भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

    निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।

    सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन।

    संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

    थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । 

    एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ । 

    1-3.jpg

    2-2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार