Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु


    बुधबार, भाद्र १० २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । उपचारको क्रममा कैलालीको गोदावरी नगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ मात्रै कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका– ११ ओलानीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आइसीयूमा उपचार भइरहेको थियो । मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनलाई निसर्ग हस्पिटलको आइसीयूबाट सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

    उपचारका क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिरबहादुर कुँवरले पुष्टि गरेका हुन्। मृतक पुरुषको यसअघि ३ पटक कोरोना परीक्षण भैसकेको उनले बताए । सुरुमा साउन १९ गते नगरपालिकाले कोरोना परीक्षणका लागि स्बाव संकलन गरेको गरेपनि रिपोर्ट ढिलो आउँदा  धनगढीकै सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

    सुरुमा सेती प्रादेशिक अस्पतालवाट स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पछि नगरपालिकाले संकलन गरेको स्वाबको परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । फेरी मंगलबार परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार