Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीभन्दा शक्तिशाली हाकिम


    बुधबार, भाद्र १० २०७७
    930
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । हनुमानढोका दरबार हेरचाह कार्यालयका प्रमुख अरुणा नकर्मीको कारण पाटन र हनुमानढोका दरबार क्षेत्रमा सरुवा भएका प्रमुखको सरुवा रोकिएको छ ।

    हनुमानढोका दरबार प्रमुख नकर्मीले कुमारी घरका चिताइदार गौतम शाक्य, सांसद कृष्णगोपाल श्रेष्ठ, उनकी धर्मपत्नी बिना श्रेष्ठ, प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेश शाक्यलगायतको टोलीसँग हारगुहार गरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर सरुवा रोकाइदिन रोदन गरेपछि सरुवा भएका अन्य प्रमुख आउन सकेका छैनन् ।  

     स्रोतका अनुसार नकर्मीले राष्ट्रपति भण्डारीलाई समेत भनसुन गरी सचिव अधिकारीलाई सरुवा रोक्न दबाब दिएपछि समस्या भएको छ । नकर्मीले सचिव अधिकारीलाई आफूलाई सरुवा नगरिदिन पटक–पटक आग्रह गर्दै विभिन्न शक्तिकेन्द्र धाउन थालेकी छन् ।

     कर्मचारी नियमावली अनुसार हरेक दुई वर्षमा सरुवा हुनैपर्ने व्यवस्थालाई चुनौती दिंदै चार बर्षदेखि एउटै कार्यालयमा बसेकी नकर्मीले अहिले नेवार समुदायलाई मात्र हनुमानढोका दरबार प्रमुख बनाउन फण्डा गरिरहेकी छिन् । काम केही नगर्ने र भ्रष्टाचार गर्ने बानी परेकी उनले ४ बर्षसम्म एउटै कार्यालयमा बसेपछि नियम अनुसार सरुवा गर्दा अनावश्यक फन्डा मच्चाएपछि पर्यटन मन्त्रालय उनीसँग रुष्ट छ ।

    मन्त्रालयका सचिव अधिकारीको कार्यकाल सकिन लागेकाले आफूलाई कसैले पनि सरुवा गर्न नसक्ने भन्दै सचिवको विरोध गदै शक्तिकेन्द्र धाउन थालेकी छिन् । मन्त्रालयले नकर्मीलाई भक्तपुर र भक्तपुरकी प्रमुख सरस्वती सिंलाई पाटन र पाटनका संजिव खनाललाई हनुमानढोका सरुवा गरेको थियो ।

     नकर्मीका कारण भक्तपुरकी सिंह र पाटनका खनालसमेत खटाएको कार्यालयमा हाजिर हुन जानसकेका छैनन् ।

     विभागले नकर्मीको कार्यकालमा कुनै पनि काम गर्न नसकेको, सम्पदा पुननिर्माण लथालिङ्ग भएको र अधिकांश समय कार्यालयमा नबस्ने गरेको पाइएपछि सरुवा गर्न सिफारिस गरेको थियो ।

     नकर्मीले सांसद श्रेष्ठ र उनकी धर्मपत्नीको प्रयोग गरी प्रधानमन्त्री केपी ओली समक्षसमेत हारगुहार गरेको बुझिएको छ । मन्त्रालयले भने भदौ १ गतेभित्रै सरुवा भएका कर्मचारीलाई सरुवा भएको कार्यालयमा जान दबाब दिएको थियो । तर नकर्मीले मन्त्रालयको निर्देशनलाई समेत अटेर गर्दै रमाना नै बुभ्mन मानेकी छैनन् । ४ बर्षमा नियमित सरुवा गर्दा पनि खटाएको कार्यालय पाटनमा जानुभएनछ त भन्ने नेपालफेसको प्रश्नमा नकर्मीले भनिन्, ‘सरुवाको चिट्ठी नै आफूले प्राप्त नगरेको बताइन् । अहिलेसम्म सरुवाको पत्र नै पाएको छैन ।’

    मन्त्रालयले एक महिनाअघि नै सरुवा गरेको तर तपाई त सांसददेखि राष्ट्रपति कार्यालयसम्म रोक्न हारगुहार गर्दै हिंड्नुभएको छ रे भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले कसैलाई भनेको छैन ।’

     प्रमुख नकर्मीले भने आफू कुनै पनि हालतमा हनुमानढोका संग्रहालय नछाड्ने अडान लिएकी छिन् । लकडाउनपछि संग्रहालय खोल्ने विषयमा कुनै चासो देखाएकी छैनन् ।

    कांग्रेसनिकट नकर्मीको पक्षमा नेकपाका नेता

    स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, हनुमानढोकाका कार्यालय प्रमुख अरुणा नकर्मीले कार्यालयको बजेटबाट घरमा आवश्यक सामान खरिद गर्नेदेखि गाडी श्रीमानलाई दुरुपयोग गर्न दिएको बिषयमा यसअघि पनि समाचार पनि प्रकाशित भएको थियो । उनले माइतीले दाइजोमा दिएजस्तो गाडी श्रीमानलाई दिंदा पटक पटक दुर्घटना पनि भएको छ । र, कार्यालयको बजेटबाट मर्मत गर्नुपरेको छ । हनुमानढोका कार्यालयको यस्तो मनपरीका बिरुद्ध त्यहाँका कर्मचारीले पनि मन्त्री भट्टराईको पटक पटक ध्यानाकर्षण गराउँदैआएका छन् । कर्मचारीको पटक पटकको आग्रह सुनेर मन्त्री भट्टराईले उनको सरुवा गरेका हुन् । तर नेकपाका नेताहरु नै काम नगर्ने र भ्रष्टाचारमा लिप्त नकर्मीको सरुवा रोक्न लागेका छन् ।

    कार्यालयका एक कर्मचारीका अनुसार प्रमुख नकर्मीले भूकम्पपछि क्षतिग्रस्त हनुमानढोकाका संरचना निर्माणमा पूरै बेवास्ता गरेकी छन् । भूकम्प गएको ५ बर्ष भइसकेको छ । हनुमानढोका प्रमुख नकर्मीले कार्यालयमा इन्जीनीयर हुँदाहुँदै कन्सलटेन्सीलाई काम दिएर आपूmले शुभलाभ लिने गरेको आरोप छ । कार्यालयका इन्जीनियर कामविहीन छन् । तर, कार्यालयका सबै काम परामर्शदातालाई दिइएको स्रोत बताउँछ ।

     नकर्मीले परामर्शदाता र ठेकेदारलाई काम दिंदा सुरुमै प्रिपेड घुस मागेर भ्रष्टाचारमा कीर्तिमान नै कायम गर्दैआएको आरोप पनि लागेको छ । कार्यालयको ६५४५ नम्बरको गाडी उनका श्रीमान वसन्त नकर्मीलाई दुरुपयोग गर्न छुट दिएकी छन् । जुन गाडी राति दुरुपयोग गर्दा बसन्त नकर्मीले ५ पटक दुर्घटना गराई कार्यालयको बजेटबाट मर्मत गराइएको छ । श्रीमानले भट्टीमा मापसे गर्न जाँदा दुर्घटना गराएको गाडी रकमान्तर गरेर समेत मर्मतको रकम निकासा गर्न लेखापाललाई दबाब दिने गरेको आरोप अरुणामाथि छ ।

    कार्यालय प्रमुख नकर्मीका चारित्रिकदेखि आर्थिक भ्रष्टाचारका कारण कार्यालयकै बदनाम भइरहेकाले मन्त्री भट्टराईले बेलैमा उनको विकल्प खोजेर स्वच्छ छवि भएका परिणाममुखी काम गर्ने ब्यक्तिलाई पठाउन लिन खोजे, बल्लतल्ल उनले सरुवा गरे तर सरुवा रोक्न नेकपाका नेताहरु नै कुदेका छन् । पर्यटन मन्त्री भट्टराईले पद सम्हाल्नासाथ मन्त्रालय अन्तर्गतका कार्यालयमा सुरु गरेको अनुगमनलाई पनि उनले ब्यंग्य गर्दै कम्युनिष्ट मन्त्रीका नखरा भन्दै उपहास गरेकी थिइन् ।

    नकर्मीलाई कांग्रेस नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले कार्यालय प्रमुख बनाएका थिए । अहिले पनि शाही नकर्मीलाई बारम्बार भेट्न जाने गर्दछन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकोमा पनि रिपोर्टिङ गर्न पुग्ने गर्दछिन् । उनी नेकपाबाट बिजयी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशन समेत अटेर गरी उपमेयर हरिप्रभा खड्गीको निर्देशनमा चल्दैआएकी छन् । हनुमानढोका दरबार हेरचाह कार्यालय पुरातत्व विभाग अन्तर्गत पर्दछ । कांग्रेस नेताको दबाबमा हनुमानढोका दरबारमा सरुवा भएकी नकर्मीले ४ बर्षपछि पनि त्यहीँ टिक्न नेकपाका नेताहरु प्रयोग गर्नुलाई आश्चर्य मानिएको छ । जबकि ऐनमा कर्मचारीको सरुवा हरेक २ बर्षमा हुने ब्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार