Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु


    सोमबार, चैत्र ६ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    जंगलमा घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका(४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

    हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिलकुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालगायत पुगेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार