Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोरी तथा हातहतियार मुद्दामा फरार पक्राउ


    मंगलबार, भाद्र ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी तथा हातहतियार खरखजाना मद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । प्रकाउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने वर्ष ३८ का विशाल चौधरी रहेका छ।

    २०७६ असार २३ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा रातिको समयमा विभिन्न स्थानमा चोरीमा संलग्न भएकाे अाराेप उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

    चौधरी राष्ट्र बैङ्क चोक नजिक डेरा गरी बस्ने गरेका थिए । गत साउन ३१ गते उनको कोठाबाट प्रहरीले चोरीमा प्रयोग हुने सामान र ३ राउण्ड गोलीसहित पेस्तोलसमेत फेला पारेको थियो । चौधरी भने सो स्थानबाट फरार रहेका थिए । खोज तलास गर्दै जाँदा भदौ ७ गते चटकपुरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    पुर्पक्षका लागी कारागार राख्ने आदेश भई चौधरीलाई कारागार पठाईएको र चोरी तथा हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार