Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको कारण काठमाडौंमा तीनसहित ७ जनाको मृत्यु


    मंगलबार, भाद्र ९ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ । 

    कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 

    उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । 

    मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार