Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा मंगलबार थपिए २३२ कोरोना संक्रमित


    मंगलबार, भाद्र ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा कोरोना यी संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ९९, ललितपुरका १९  र भक्तपुरका १४ जना रहेका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।

    यस्तै देशभर भने ८ सय ५५ संक्रमित थपिएका छन्। हालसम्म देशभर संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार १ सय १९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

    अहिले आइसोलेशनमा रहनेहरुको संख्या १४ हजार २ सय ५० रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार