काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार १ सय १९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले आइसोलेशनमा रहनेहरुको संख्या १४ हजार २ सय ५० रहेका छन् ।