Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसदमा पेस हुँदै


    आइतबार, चैत्र ५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेस गर्न लागेका हुन् ।

    शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकले सो विधेयक आइतबारको संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

    यस्तै, प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार