Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपहरण मुद्दाका फरार आरोपी पक्राउ


    मंगलबार, भाद्र ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी साविक नरसिंह– ४ घर भएका ३७ वर्षीय वुदर भन्ने विदुर यादव छन् । उनी आइतबार कोशी कटान क्षेत्रबाट पक्राउ परेका हुन्।

    फरार रहेका यादव दाङमा आफन्तको घरमा बस्दै आएका थिए । लकडाउनको समयमा उनी घर फर्केको गोप्य सुराकीका आधारमा यादव पक्राउ परको सुसनरी प्रहरी प्रमुख कमल थापा बताउँछन् ।

    यादवले गत २०६५ साल चैत २० गते सुनसरी जिल्लाको इनरुवा–३ बस्ने ४८ वर्षीय खिलानाथ ढकाललाई मोटरसाइकलमा आई अपहरण गरी शरीर बन्धक बनाएको भनी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडितको छोरा राजु ढकालले जाहेरी दिएका थिए ।

    सुनसरी जिल्ला अदालतले गरेको अन्तिम फैसलाअनुसार यादवलाई २०७० असोज ६ गते ११ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो । पक्राउ परेका यादवलाई जिल्ला अदालत सुनसरीमा बुझाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाएको थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार