Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना भाइरसकाे संक्रमणबाट महोत्तरीमा थप २ जनाको मृत्यु


    मंगलबार, भाद्र ९ २०७७
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महोत्तरीमा आज थप दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय एक बृद्ध र बलवा नगरपालिका-३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

    प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका ७५ बर्षीय बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार