काठमाडौं । चितवनमा दुई वर्षीया बालिकासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा भएको परीक्षणमा चितवनका २१ जनासहित मकवानपुर, नवलपरासी पूर्व, रोल्पा, गोरखा र पर्साका ३१ जना कोभिड-१९ का संक्रमित पहिचान भएका हुन्।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्र १७ जना रहेको प्रयोगशालाले जनाएको छ।
१ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ३१ नमुना पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ। तीमध्ये भरतपुर-१० का ९ वर्षका बालक पनि छन्। संक्रमण पुष्टि हुनेमा भरतपुरका १० जना महिला र ७ पुरुष छन्।
त्यस्तै चितवनकै रत्ननगर नगरपालिकाकी एक २ वर्षकी बालिका र २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। चितवनकै राप्तीका १ पुरुष र खैरहनीका १ महिलामा पनि संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका तीन महिला छन्। मकवानपुरकी १ महिला रोल्पाका १ महिला र दुई पुरुष, गोरखाका एक महिला र १ पुरुष र पर्सका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
परीक्षण गरिएका नमुनाहरु सीमएसीको स्वाब संकलन केन्द्रबाट संकलन गरिएका हुन्।