काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्।
ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ। यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ।
‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै छ। विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन्।
नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दाबी गरेका हुन्। प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी यसअघिबाटै आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend