Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङबाट एकको मृत्यु, दुई घाइते


    मंगलबार, भाद्र ९ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो ।

    उहाँका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन । घाइते दुवै जनाको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार