Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले सोध्यो कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण


    बुधबार, चैत्र १ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेको हो ।

    बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा मत दिने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि कांग्रेससँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घण्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो। चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। यस सम्बन्धमा प्रचारप्रसार, छलफल, मत माग्न, सभा, भेला, गोष्ठी लगायत गर्न निषेध गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार