Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दै 


    मंगलबार, फाल्गुन ३० २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्ने भएको छ । आज साँझा प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो ।

    राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उपराष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको बुझिएको छ ।

    चैत ३ गते हुने उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार