Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रहितमा मात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव


    बिहिबार, फाल्गुन २५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रहितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन् ।

    ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने ।

    राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविक‍रूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार