काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।
पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औँ मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औँ मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औँ मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो । यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ भने युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend