Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


    शुक्रबार, फाल्गुन १९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नवलपरासी र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइक दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ ।

    सोही दुर्घटनामा घाइते भएका २७ वर्षीय आशिषकुमार यादवको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३ ०३–००१ प ४९६३ नम्बरको मोटरसाइक अनियन्त्रित भएर पल्टिएको थियो । चालक को भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

    उता कञ्चनपुरको बेलौरी नगरपालिका ६ मा हिजो ट्याक्टर दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ३ का ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ ।

    से १ त १८३५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार