काठमाडौँ। काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भई हाल राजधानीमा बसोबास गरिरहेका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजो बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण दर्ता स्टेसन स्थापनाबारे जानकारी दिएको हो।
हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ४२ वटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिन्छ।
यसबाहेक उपत्यका बाहिरका सेवाग्राहीहरूलाई अत्यावश्यक पर्दा सहजता प्रदान गर्न सरकारले उपत्यका भित्र केही स्थान तोकेको हो। त्यसकारण विभागले सकेसम्म आ-आफ्नो स्थायी ठेगाना भएका जिल्ला प्रशासन तथा इलाका कार्यालयहरूबाट नै विवरण दर्ता गराउन अनुरोध गरेको छ।
सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्।
यस्तै, जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
त्यस्तै नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू सेवा लिन सक्नेछन्। र, अन्तिममा प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने जनाइएको छ।
राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक कागजातहरू यी हुन्:
१. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
२. बसाई सरी आएकाको हकमा बसाई सराईको सक्कल प्रमाणपत्र
३. विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र
४. कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सनपट्टा
५. राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचयपत्रको प्रतिलिपि
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend