काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै फागुन १३ मा बनेको कांग्रेससहितको आठ दलीय गठबन्धमा आवद्ध दलहरू सरकारमा जाने बाटो खुल्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने– ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने उनको भनाइ छ ।
गत पुस १० मा पाँच दलीय गठबन्धनका नेताहरूबीच कमजोरी हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले फेरि भत्काइएको दाबी गर्दै उनले भने–‘पार्टीको तर्फबाट अहिले नै को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइसकेको छैन । म आफू भने अब मन्त्री बन्दिनँ ।’
फागुन १७ देखि चैत्र ५ गतेसम्मका लागि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आचारसंहिता लागु भएसँगै सरकार पुनर्गठनको विषय केही समयका लागि टरेको हो । उक्त निर्वाचन आचारसंहितका हट्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने जनाएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend