Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली कप फाइनल : सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा हुने


    बुधबार, फाल्गुन १७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

    आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पूगेको सातदोबाटोबीच प्रतिस्पर्धा हुन लागेका हो ।

    आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुँदै आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुँदैछ ।

    नेकपा एमाले निकट युवा स‌ंघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार