Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पूर्वमन्त्रीद्वय गुरुङ र न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर, सदस्य सचिव रविन्द्र यादव पनि परे


    मंगलबार, फाल्गुन १६ २०७९
    1.9K
    Shares
    टेकबहदुर गुरुङ, बद्रीप्रसाद न्यौपाने र रविन्द्रकुमार यादव
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । तत्कालीन  महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने र तत्कालीन श्रम राज्यमन्त्री गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले आज नौ जनालाई दोषी ठहर गरेको हो ।

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेकाहरमा समाजकल्याण परिषदका सदस्य सचिव रविन्द्र यादवसहित १२ जना छन् । यादव बाबुराम पूर्वमन्त्री महिन्द्र राय यादवका भाइ हुन् । यादवले नै उनलाई समाजकल्याण परिषदको सदस्य सचिवमा नियुक्त गरेका थिए ।  तत्कालीन समाजकल्याण मन्त्री न्यौपाने र रविन्द्र यादवले टेकबहादुर गुरुङलाई फनपार्कको जग्गा कौडीको मूल्यमा भाडामा दिई अनियमितता गरेका थिए । जुन अनियमितताका बिरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मतियारका रुपमा दोषी ठहर भएका गुरुङलाई सजाय निर्धारणका लागि फागुन २५ गते पेशी तोकिएको छ ।

    भृकुटीमण्डपस्थित समाजकल्याणको स्वामित्वमा रहेको फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

    गुरुङले ६० रोपनी जग्गालाई मासिक पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्त जग्गा २०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार