काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित हात पारेको छ । यूएईस्थित मलेक क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई १० विकेटले हराएको हो। मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले बिना कुनै विकेटको क्षति १० औं ओभरमै लक्ष्य भेट्टाएको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाउँदा मोहम्मद हैरिल र मोहम्मद स्यामेलले समान १२ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्। बलिङतर्फ नेपालका दीपेश कणेलले सर्वाधिक ४ विकेट लिँदा आकाश चन्दले ३, मिलन बोहोराले २ तथा सुवास भण्डारीले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले दीपक बोहोराको अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाए।
जितसँगै नेपाल लगातार ४ खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको यूएईले ३ खेलबाट ६ अंक जोडेको छ। यूएई कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसिया भने ४ खेलबाट २ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend