Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन: आरजु राणा


    मंगलबार, फाल्गुन १६ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली का‍ंग्रेसकी केन्द्रिय सदस्य तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको दाबी गरेकी छिन् ।

    आज ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताइन् ।

    ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार