काठमाडौँ। व्यापारीसमेत रहेका दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो साथमा लिएर ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् ।
पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्वराजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन संविधानले कुनै अवरोध नभएको प्रसाईँले पत्रकार सम्मेलनमा बताए ।
उक्त पत्रकार सम्मेलनमा महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने माग गरेको छ ।
यस्तै, केही आगाडी नेकपा एमालेले केन्द्रीय सदस्य प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको थियो । राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरेसँगै एमालेमा उनलाई कारबाही गर्नुपर्ने आवाज उठेको थियो । तर, एमालेले औपचारिक निर्णय गर्नुअगावै प्रसाईँले एमाले त्यागेको घोषणा गरेका थिए ।

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend