Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपा पनि सरकारमा सहभागी हुँदै


    मंगलबार, फाल्गुन १६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) पनि अब सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका स्रोतले बताएको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धनमा रहेको लोसपाले सरकारमा सहभागिता जनाउनेगरि तयारी थालेको छ ।

    अहिले पार्टीको हाइकमाण्डको बैठक बस्ने तय भएको नेताहरुले जनाएका छन् । अध्यक्ष महन्थ ठाकुरले कतिवटा मन्त्रालय लिने र कसलाई सरकारमा पठाउनेबारे तय गर्न बैठक बोलाएको एक नेताले जनाए । अहिले लोसपाबाट सरकारमा सहभागी हुनेबारे शीर्ष नेता शरदसिंह भण्डारीको नाम चर्चामा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार