काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार अमेरिकी डलरको भाउ १३ पैसाले वृद्धि भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो। सोमबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा कायम गरिएको थियो।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ४ पैसाले घटेको छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको मंगलबारको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको छ। सोमबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको थियो ।
मंगलबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा कायम गरेको छ भने मंगलबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकिएको छ ।
उता, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६६ पैसा तोकिएको छ भने सोमबार भने साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर भएको थियो ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend