Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई पीएनजीले २०४ रनको लक्ष्य दियो


    सोमबार, फाल्गुन १५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आज सोमबारदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनायो ।

    पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे । ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार