Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेका मन्त्रीले राजीनामा बुझाउँदै


    सोमबार, फाल्गुन १५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका ८ मन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेसँगै आठजना मन्त्रीले राजीनामा दिन लागेका हुन्।

    एमालेबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री बिमला राई पौड्याल,रक्षामन्त्री हरिराज उप्रेती,स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिन लागेका हुन्। पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।

    यस्तै,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी,कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राइले राजीनामा बुझाएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार