Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दिपको मुद्दाको पेशी आज, विदेश जान पाउने कि नपाउने निर्णय हुने


    सोमबार, फाल्गुन १५ २०७९
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा सुनवाइ आज हुने भएको छ। आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुन लागेको हो ।

    नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

    गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भएका थिए । उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका विरुद्ध लामिछाने सर्वोच्च गएका हुन् । जस विरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ हुने भएको हो।

    सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखि भएको सुनवाइ नसकिएपछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइ पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार